डीएसपी ठगबहादुरमाथि ठगीको आरोप, सीआबीईले अनुसन्धान गर्दै

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी आज रमाना बुझ्न जाने तयारी हुँदै गर्दा सीआईबीको टोलीले नियन्त्रणमा लिएर अुनसन्धान अघि बढाएको हो ।

नेपालभ्युज

डीएसपी ठगबहादुरमाथि ठगीको आरोप, सीआबीईले अनुसन्धान गर्दै

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख रहेका डीएसपी ठगबहादुर केसी ठगी प्रकरणमा मुछिएका छन् । उनलाई व्यापारिको सुन हडपेको आरोप लागेको छ ।

पीडितले उजुरी दिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझदेखि केसीलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी आज रमाना बुझ्न जाने तयारी हुँदै गर्दा सीआईबीको टोलीले नियन्त्रणमा लिएर अुनसन्धान अघि बढाएको हो ।

काठमाडौंबाट आएको टोलीले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको छ । केसीको घरबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ समेत बरामद भएको सीआईबीले जनाएको छ ।

डिएसपी ठगबहादुरबाट कुटिएका वडाध्यक्ष भन्छन्- मलाई लात्तीले धकेलेर पोखरीमा फालियो

केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि केसीले सुन फिर्ता दिएका थिएनन् । त्यसपछि पीडितले उजुरी हालेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआइबीले अनुसन्धान अघि बढाएको हो ।

केसीले आफूलाई गृह मन्त्री बालकृष्ण खाणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved