गठबन्धन भत्किएसँगै ओलीलाई भेट्न गए रवि लामिछाने

बहुमतसहितको सरकार बनाउने भन्दै चुनावमा गएको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमालेसँगको संवादमा लागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न रवि बालकोटमा पुगेका हुन्।

नेपालभ्युज

गठबन्धन भत्किएसँगै ओलीलाई भेट्न गए रवि लामिछाने
फाइल फोटो

काठमाडौं। बहुमतसहितको सरकार बनाउने भन्दै चुनावमा गएको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमालेसँगको संवादमा लागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न रवि बालकोटमा पुगेका हुन्।

बिहान बालुवाटारमा बसेको भनिएको निर्णायक बैठकमा सहमति नभएपछि सत्तारुढ गठबन्धन टुटेको छ। नयाँ समीकरणको लागि दुईनेताबीच छलफल चलिरहेको छ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरेका छन्। ओली रविसँग छलफलमा भएपछि बालुवाटारमा सहमति नभएपछि बालकोट हिँडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुमलटार मोडिएका छन्। उनी ओलीसँग छलफलको लागि भन्दै बालुवाटार बैठकबाट हिँडेका थिए।

सत्ता गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादीमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद भएपछि कुरा मिलेन। कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए। गठबन्धनमा सहमति हुन नसकेपछि भत्किएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved