सत्ता गठबन्धन भत्कियो, रामचन्द्र पौडेल भन्छन्, “धेरै प्रयास गर्दा पनि बचाउन सकिएन”

शक्ति बाँडफाँडमा प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री आफूलाई दिन आग्रह गरेका थिए । तर कांग्रेस नेताहरुले पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने अडान राखेपछि प्रचण्डले गठबन्धन सकिएको घोषणा गरेका हुन् । 

नेपालभ्युज

सत्ता गठबन्धन भत्कियो, रामचन्द्र पौडेल भन्छन्, “धेरै प्रयास गर्दा पनि बचाउन सकिएन”
फाइल तस्वीर

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । आगामी प्रधानमन्त्रीलाई लिएर कांग्रेस र माओवादी केन्द्रबीच सहमति नबनेपछि चार दलीय सत्ता गठबन्धन भत्किएको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि सत्ता गठबन्धन सकिएको घोषणा गरेको जानकारी दिए ।

नेपाल भ्युजसँग कुरा गर्दै नेता पौडेलले भने, “गठबन्धन बचाउन धेरै प्रयास भयो तर सकिएन ।” पौडेलका अनुसार बैठकमै प्रचण्डले अब गठबन्धनको औचित्य समाप्त भएको भन्दै उठेका थिए ।

शक्ति बाँडफाँडमा प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री आफूलाई दिन आग्रह गरेका थिए । तर कांग्रेस नेताहरुले पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने अडान राखेपछि प्रचण्डले गठबन्धन सकिएको घोषणा गरेका हुन् ।

बालुवाटारबाट हिंडेका प्रचण्ड अहिले नेकपा एमालेका नेताहरुसँग संवादमा छन्। । पौडेलले अब सत्ता गठबन्धनको बैठक तत्काल बस्ने सम्भावना नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved