धनुषामा गोली चल्यो, एक युवकको मृत्यु

धनुषामा गोली चल्यो, एक युवकको मृत्यु

जनकपुरधाम । धनुषामा गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ। शनिबार साँझ अपरिचित समूहको गोली प्रहारबाट मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ बस्ने ४० वर्षीय धानुक दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।

उनको  बायाँ पाखुरामा गोली लागेको थियो । स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदिप बहादुर क्षेत्रीले गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको  बताए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved