विदेशी मिडियासँग चार्ल्स शोभराजले भने– नेपाल सरकारलाई मुद्दा हाल्छु

सिरियल किलर चार्ल्स सोभराजले नेपालबाट जेलमुक्त भएसँगै विनाकसुर जेलमा राखेको भन्दै नेपाल सरकारलाई मुद्दा हाल्ने बताएका छन्। जेल जीवनबाट मुक्त भएर घर फर्कनेक्रममा एएफपीसँग कुरा गर्दै उनले नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउने बताएका हुन्।

नेपालभ्युज

विदेशी मिडियासँग चार्ल्स शोभराजले भने– नेपाल सरकारलाई मुद्दा हाल्छु
शुक्रबार नेपालबाट निकाला भएपछि फ्रान्स फर्किँदै चाल्स शोभराज, विमानमा विदेशी फोटो पत्रकारले खिचेको फोटो।

काठमाडौं। सिरियल किलर चार्ल्स सोभराजले नेपालबाट जेलमुक्त भएसँगै विनाकसुर जेलमा राखेको भन्दै नेपाल सरकारलाई मुद्दा हाल्ने बताएका छन्।

१९ वर्ष २ महिना लामो जेल जीवनबाट मुक्त भएर घर फर्कनेक्रममा एएफपीसँग कुरा गर्दै नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउने बताएका हुन्।

विमानस्थल पुगेपछि एएफपीसँग उनले भने ‘‘मलाई राम्रो लागेको छ । मैले धेरै गर्नुछ । मैले नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउनु छ।’’

सन् २००३ देखि नेपालमा क्यानेडियन र अमेरिकी नागरिकको हत्या आरोपमा सजाय भोगिरहेका ७८ वर्षीय शोभराजलाई सर्वोच्च अदालतले बुधवार थुनामुक्त गरेर उनकै देश पठाउन आदेश जारी गरेको थियो।

१९ वर्ष जेलमा बसेर छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिर्पाेट गर्नको लागि विमानस्थल लगिएको थियो। शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए ।

उनलाई फ्रान्स पठाइएको छ। कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस पठाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved