पदाधिकारी बैठकलगत्तै बालुवाटार पुगे प्रचण्ड

नेपालभ्युज

पदाधिकारी बैठकलगत्तै बालुवाटार पुगे प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पदाधिकारी बैठकलगत्तै  पेरिसडाँडबाट बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् ।

आइतबार दिउँसो बसेको माओवादीको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ भने  कांग्रेसले पनि सोही निर्णय गरेको छ।

प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved