माओवादीले बोलायो पदाधिकारी बैठक

नेपालभ्युज

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न आइतबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए।

माओवादीमा संसदीय दलको नेता चयनमा विवाद देखिएको छैन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिरहेका छन् भने  कांग्रेसले   ठूलो पार्टीको हैसियतले  प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved