संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदहरुलाई देउवाको निर्देशन

नेपालभ्युज

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हुन् । प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पारे । मन्त्री कार्कीले भने, ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसदमा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ । अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाईहरुलाई गराउनेछु । तपाई अनुमान गर्न सक्नु हुन्छ । गठबन्धनको बैठक भईसकेपछि त्यसको निर्णयउ मात्रै मैले तपाईहरुलाई जानकारी गराउन सक्दछु । गठबन्धनकै नेतृत्व सरकार बन्छ । हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढन चाहन्छौं । ’

मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved