यु–१४ टेनिस : स्वस्तिका र शिभालीको जोडी बन्यो च्याम्पियन

नेपालभ्युज

यु–१४ टेनिस : स्वस्तिका र शिभालीको जोडी बन्यो च्याम्पियन

काठमाडौं। नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताको सर्किट– १ मा च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको गर्ल्स  डबल्सको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भए । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५–७, ७–६ ९३० र ६–२ को सेटमा हराए ।

ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६–० र ६–४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ । शनिबारै गर्ल्स  सिंगल्सको फाइनल पनि हुनेछ । गर्ल्स  सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र नेपालका आद्या पौडेल भिड्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved