यु-१४ टेनिस प्रतियोगिता : शिभाली र आद्या पौडेल सर्किट- १ को फाइनलमा

नेपालभ्युज

यु-१४ टेनिस प्रतियोगिता : शिभाली र आद्या पौडेल सर्किट- १ को फाइनलमा

काठमाडौं । नेपालका शिभाली गुरुङ र आद्या पौडेल २० औं जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताको सर्किट- १ को गर्ल्स  सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७–५ र ६–० तथा आद्याले स्वस्तिाका विष्टलाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गरे । ब्वाइज सिंगल्समा नेपालका आयुशमान हजुर घलेले बंगलादेशका मोहम्मद तन्विर मुन तुसारलाई ६–३ र ६–३ तथा भारतका भिभान मिर्धाले भारतका जिबुलाई ६–४ र ६–० को सोझो सेटमा हराए ।

ब्वाइज डबल्समा हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीले बंगलादेशका मोहम्मद अली होसेन र मोहम्मद तन्विर मुन तुसारको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

गर्ल्स  डबल्समा नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीले भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भ्युन्द्यालाको जोडीलाई ५–७ र ६–१ ९ १०–६० ले पछ्याउँदै फाइनलमा पुगे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved