२ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपालभ्युज

२ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
फाइल तश्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बुधबार जारी गर्ने गरी तीन वर्षे विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको हो । सूचना अनुसार आज दिउँसो २ बजे ऋणपत्रको बोलकबोल हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत तय गरिनेछ ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने जनाइएको छ । प्रतिस्पर्धीका लागि कुल रकमको ८५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड रुपैयाँ र विनाप्रतिस्पर्धीका लागि बाँकी १५ प्रतिशतले अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।

२०७९ मंसिर २८ गते जारी भएर आगामी २०८२ मंसिर २८ गते परिक्व हुने ऋणपत्रको ब्याजदर अर्धवार्षिक रूपमा प्रदान गरिने र सो ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ ।

 

 

कमेन्ट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved