सुनको मूल्यमा सामान्य गिरावट

नेपालभ्युज

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। साताको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँ रहेको थियो । यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोही पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved