जयकर स्मृति टेनिस आजदेखि सुरु

नेपालभ्युज

जयकर स्मृति टेनिस आजदेखि सुरु

काठमाडौं। जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिता आज (सोमबार)देखि सुरु भएको छ। ललितपुरको प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु भएको प्रतियोगिता २ सर्किटमा सञ्चालन गरिन लागेको हो।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा हुन लागेको यो प्रतियोगिताको २०औं संस्करण हो।एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिताको रूपमा आयोजना गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, क्यानाडा, यमन, ओमन, अमेरिका, वेल्जियम, दक्षिण कोरिया, हङकङ र इरानको सहभागिता रहने प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जनाएकी छन् । दुवै सर्किटमा १४ राष्ट्रबाट ५० ब्वाइज र ४४ गर्ल्स खेलाडी सहभागी छन् ।

सिंगल्समा शीर्ष ३१ स्थानमा रहने खेलाडीले बढीमा २ सय र कम्तीमा १ अंक प्राप्त गर्नेछन् भने डबल्समा खलाडीले सिंगल्समा प्राप्त गरेको जम्मा अंकको २५ प्रतिशत अंक मात्र पाउनेछन् ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved