शारीरिक सुगठन प्रतियोगितामा श्वेता कपालीले जितिन् रजत पदक

नेपालभ्युज

शारीरिक सुगठन प्रतियोगितामा श्वेता कपालीले जितिन् रजत पदक

काठमाडौं । थाइल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालले थप एक रजत पदक जितेको छ । नेपालकी श्वेता कपालीले रजत पदक जितेकी हुन् ।

शारीरिक सुगठन प्रतियोगिताको महिला मोडल फिजिक्सको विधामा नेपालकी कपालीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नै रजत पदक जितेकी हुन् ।

४४ राष्ट्रले भाग लिएको यस प्रतियोगितामा प्रि-जजिङ राउण्डमा श्वेताको समूहमा १० जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । फाइलन राउन्डमा नेपाल लगायत हंगेरी, हङकङ चाइना, थाइल्याण्ड तथा मंगोलियाका खेलाडीहरूले प्रवेश गरेका थिए । यस समूहमा हङकङ चाइनाकी तु सुयत यानले स्वर्ण पदक जितेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved