कांग्रेसको कार्यसम्पादन समिति बैठक विना निष्कर्ष टुंगियो, पदाधिकारी बैठक बस्दै

नेपालभ्युज

कांग्रेसको कार्यसम्पादन समिति बैठक विना निष्कर्ष टुंगियो, पदाधिकारी बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं। नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निष्कर्ष टुंगिएको छ । समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दाबी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।

शनिबारै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्ने एक पदाधिकारीले बताए । शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आ-आफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरू आकांक्षी छन् ।

समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले ३२ सिट पाए पनि  संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन समानुपातिक पद्धतिबाट २९ जना महिला चयन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

तर बैठकमा सहमति जुट्न नसकेको र सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको एक पदाधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved