पत्रकार एलनमाथि भएको आक्रमणको छानबिन गर्न एकीकृत समाजवादीको माग

नेपालभ्युज

पत्रकार एलनमाथि भएको आक्रमणको छानबिन गर्न एकीकृत समाजवादीको माग

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस सङ्गठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि भएको आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार एक  विज्ञप्तिमार्फत गत आइतबार राति हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा भएको आक्रमणको निन्दा  गर्दे यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत समाजवादी उक्त घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दछ ।’

एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ भने उनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर र बागमती एक्सप्रेसका सम्पादक रमेश बञ्जारा  घाइते भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved