सेयर बजारमा सामान्य वृद्धि, कारोबार बढ्यो

नेपालभ्युज

सेयर बजारमा सामान्य वृद्धि, कारोबार बढ्यो

काठमाडौं। आइतबार सेयर बजार (नेप्से) मा सामान्य अंकले वृद्धि भएको छ । बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर आज १९६३.२२ अंकमा बन्द भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमूलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढे पनि नेप्सेमा सामान्य मात्रै वृद्धि देखिएको छ ।

आइतबार जीवन बिमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved