राजमार्गमा महिलालाई शौचालय नहुँदा परेको समस्या हट्छ : रवि लामिछाने

नेपालभ्युज

राजमार्गमा महिलालाई शौचालय नहुँदा परेको समस्या हट्छ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले राजमार्गमा यात्रा गर्दा महिलालाई शौचालय नहुँदा पर्ने समस्याको अन्त्य हुने बताएका छन्।

फेसबुकमा स्टाटस लेखेर उनले १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरि द्रुत गतीमा काम अगाडि बढेको बताएका छन् ।  महिलाहरुले वर्षौ भोगेको असहजताको अन्त्य गर्न प्रतिवद्द रहेको उनको भनाई छ ।

लामिछानेले लेखेका छन्, “हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दिशा पिसाब गर्न छिर्दा वान्ता समेत आउँछ। विशेष गरि महिला दिदिबहिनीहरुलाई अत्यन्त गार्‍हो हुने गरेको छ। यसलाई मध्यनजर गर्दै हाल लाई १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरि द्रुत गतीमा काम अगाडि बढेको छ । महिलाहरुले वर्षौ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिवद्द छौ। प्रचार होइन अपडेट गरेको।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved