देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति छ- रेखा शर्मा

चुनावी परिमाण आएसँगै नयाँ सरकार गठनमा जुटेका सत्ता गठबन्धनका कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको माओवादी नेतृ रेखा शर्माले दाबी गरेकी छिन्।

नेपालभ्युज

देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति छ- रेखा शर्मा

काठमाडौं। चुनावी परिमाण आएसँगै नयाँ सरकार गठनमा जुटेका सत्ता गठबन्धनका कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको माओवादी नेतृ रेखा शर्माले दाबी गरेकी छिन्।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले सरकारको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति बताएको दाबी गरेकी हुन्।

शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुट्न बाँकी रहेको बताइन्।

गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले पहिला कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि उनले बताइन्।

नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको दाबी गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved