पाकिस्तानमा कोइला खानीमा पुरिएर ९ मजदुरको मृत्यु

नेपालभ्युज

पाकिस्तानमा कोइला खानीमा पुरिएर ९ मजदुरको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं। उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा पुरिएर ९ कामदारको मृत्यु भएको छ।

सरकारी अधिकारीका अनुसार दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए। ९ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए। खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ।

घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved