आईएमई पे र बिग डिजिटलको सहकार्यमा विश्व प्रख्यात साइबर विक नेपालमा

नेपालभ्युज

आईएमई पे र बिग डिजिटलको सहकार्यमा विश्व प्रख्यात साइबर विक नेपालमा

काठमाडौं। आईएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ । मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरूले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू खरिद गर्न सक्नुहुन्छ ।

यसका साथै, आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नुहुन्छ । ग्राहकहरूले सो अफर बिग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्नुहुन्छ ।

आईएमई पेको बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरूलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved