सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न (तस्वीरहरु)

सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न (तस्वीरहरु)

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी  सीताराम विवाह पञ्चमी  महोत्सव अन्तर्गत जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा भगवान् राम तथा माता सीताको आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

जानकी मन्दिर र राम मन्दिरबाट बाजागाजासहित निस्केको झाँकी सहितको डोला जनकपुरधामको रङ्गभूमि मैदानमा पुगेर प्रतिकात्मक राम सीताको स्वयंवर कार्यक्रम सम्पन्न गरिएको हो ।

स्वंम्बर कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा अधिकारीहरू, लब्ध प्रतिष्ठित व्यक्तिहरू, राजनीतिक कर्मीहरू, साधु सन्त, महन्थ, योगी तथा सन्न्यासी सहभागी रहेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved