विश्वकप फुटबल : क्रोएसियाले क्यानडालाई हरायो

नेपालभ्युज

विश्वकप फुटबल : क्रोएसियाले क्यानडालाई हरायो

काठमाडौं । फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानलालाई हराएको छ ।   खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो ।

क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे ।  क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए ।

जितसँगै समूह ‘एफ’ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।  क्यानडाको यो लगातार दोस्रो हार हो ।  क्यानडा पुछारमा रहेको छ र प्रतियोगिताबाट बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved