ओलीको ‘आत्मरति’, चुनावी परिणाम र एमालेका कार्यकर्ता

यसपालीको चुनावी परिणाम यस्तो आएको छ कि कुनै पनि राजनीतिक शक्ति, दल वा नेतालाई अनावश्यक दम्भ र अहंकार पाल्ने वा फुर्ती लगाउँने ठाउँ दिँदैन। सबैका शेखी आआफ्ना ढंगले झरेका छन् । शीर्ष नेता साँढे जुधाइपछि सिंङ फुस्किएका गोरु जस्ता भएका छन् ।

ओलीको ‘आत्मरति’, चुनावी परिणाम र एमालेका कार्यकर्ता

एमाले अध्यक्ष केपी शर्मा ओली जे बोल्छन बढो आत्मविश्वासको साथ बोल्छन । हरेक बाक्य ‘साँच्चै हो कि’ जस्तो गरी बोल्छन । तर, उनका अधिकांश विश्लेषण, अनुमान र भनाई व्यवहारमा भने उडन्ते, हावादारी र झुठा सावित हुने गरेका छन् ।

निर्वाचन परिणामबारेको उनको विश्लेषण र अनुमान पनि त्यस्तै उडन्ते, हावादारी र झुठो सावित भएको छ । मंसिर ४ गतेको मतदानभन्दा केही दिन अघि एक चर्चित टेलिभिजन अन्तर्वार्तामा उनले एमालेको प्रत्यक्ष तर्फ १०० र समानुपातिक तर्फ ५० सीट आउने दाबी गरेका थिए ।

टेलिभिजन कार्यक्रम प्रस्तोताले त्यसलाई ‘ओलीको आत्मरति’ भन्दिएका थिए । ‘आत्मरति’ शब्द प्रयोग गर्दा ओली झड्ङग रिसाएका थिए । उनले आफ्नो विश्लेषणमा ‘दुई चार सिट’ सम्म तलमाथि हुन सक्ने प्रष्टिकरण दिए । धेरै ठूलो सिटको तलमाथि हुन सक्ने कुनै सम्भावना नै नभएको बताएका थिए । तर, एमालेको प्रत्यक्ष तर्फ ओलीको दाबीभन्दा आधा पनि नआउने देखिएको छ ।

अझ गज्जब त के देखिएको छ भने ओलीका मुख्य सहयोगी मानिएका ‘किचेन क्याबिनेट’ सदस्य नै भकाभक ढलेका छन् । अहिलेसम्म एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल, महासचिव शंकर पोखरेल, ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, महेश वस्नेत, विशाल भट्टराई पराजित भइसकेका छन् ।

समानुपातिकमा एमाले अघि रहे पनि त्यसले कांग्रेससँग १/२ सिटको मात्रै अन्तर हुनेछ । ओलीले एमालेसँग सहकार्यमा भएका राप्रपा र जसपाबाहेक सबै साना दलको बेहाल हुने अतिरञ्जित आकलन गरेका थिए । तर, एमालेसँग तालमेलमा भएर पनि जसपाले कुनै सार्थक तथा सम्माजनक उपलब्धि हासिल गर्न सकेन ।

भानुभक्त ढकाल पराजयको संघारमा छन् । प्रदीप ज्ञवालीको भन्न नसकिने अवस्था छ । काठमाडौं  उपत्यकाका १५ सिटमध्ये एमाले २ वटामा सीमित भएको छ । ओलीले समर्थन गरेका अन्य दलका उम्मेद्वारको पनि हालत खराब भएको छ । मकवानपुरमा कमल थापाले हारिसकेका छन् । चितवनमा दिनेश कोइराला चौथमा छन् । नवलपरासी–१ हृदयेश त्रिपाठी पनि फराकिलो अन्तरले पछि छन् ।

समानुपातिकमा एमाले अघि रहे पनि त्यसले कांग्रेससँग १/२ सिटको मात्रै अन्तर हुनेछ । ओलीले एमालेसँग सहकार्यमा भएका राप्रपा र जसपाबाहेक सबै साना दलको बेहाल हुने अतिरञ्जित आकलन गरेका थिए । तर, एमालेसँग तालमेलमा भएर पनि जसपाले कुनै सार्थक तथा सम्माजनक उपलब्धि हासिल गर्न सकेन । अध्यक्ष उपेन्द्र यादव नै पराजित भएका छन् ।

राप्रपाले अवश्य केही प्रगति गरेको छ । तर, त्यसमा एमालेको योगदान न्यून छ । युवा नेता राजेन्द्र लिङदेनको उदयपछि त्यो पार्टीले आफ्नै मेहनत र तरिकाले बढोत्तरी गर्न थालेको थियो । हल्काफुल्कामात्रै एमालेका कारण फाइदा भएको छ ।

एमालेको मात्रै हैन, सबै ठूला दल र शीर्ष नेताको आकलन विपरित राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । काठमाण्डौं, ललितपुर र चितवनजस्ता कम्युनिष्टहरुको परम्परागत गढ भनिएका जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन प्रदर्शन गरेको छ, त्यो आफैमा अचम्मलाग्दो छ ।

काठमाण्डौ, ललितपुर, पोखरा, चितवन र बुटबलजस्ता ठूला शहर क्षेत्रमा मात्रै हैन, देशका अन्य अर्धशहरी क्षेत्रमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय मत प्राप्त गरिरहेको छ।

संस्थापित राजनीतिक शक्ति संचरना र सम्बन्धभन्दा बाहिर पहिलोपटक आश्चर्यजनक मतपरिणाम प्राप्त हुँदै छ । पश्चिम नेपालमा नागरिक उन्मुक्ति पार्टीको जबरजस्त उदय हुँदैछ । यति हुँदाहुँदै पनि एमालेले प्राप्त गरेको जनमतलाई कम आँक्न भने मिल्दैन । अझै एमाले दुई ठूला पार्टी मध्ये एक हुने निश्चितजस्तै भएको छ ।

विगत ५ बर्षमा एमाले अनेक राष्ट्रिय सवालमा विवादित र प्रतिरक्षात्मक बन्न पुगेको थियो । दुईदुई पटकको असंवैधानिक संसद विघटनका लागि ‘प्रतिगमन’ को चर्को आरोप खेप्न परेको थियो । केन्द्र र ७ वटै प्रदेश सरकारबाट हात धुन परेको थियो । दुईपटक संसदबाट पारित नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई समर्थन गर्दै एमाले आफैले त्यसको राजनीतिक अपसज लिन तयार भएको थियो ।

पार्टी जोगिन्छ भने ओलीका ‘अहंकारी बात र बेला न कुबेलाका लात’ भन्ने सम्झौतापरस्त सोच एमाले पंक्तिमा प्रवल देखिएको छ । अन्यथा एमालेले यतिको सिट र भोट ल्याउनु पर्ने कुनै बलियो कारण र आधार यसपटक थिएन । एमालेको सहज अस्तित्व रक्षाको अर्को कारण प्रतिस्पर्धीको फितलो र अवैचारिक गठबन्धन हो ।

पार्टी विभाजन भएर ४ टुक्रा भएको थियो । गत चुनावमा वाचा गरिएको राजनीतिक स्थिरता दिनुको साटो झण्डै दुईतिहाईलाई तुहाएर ऐतिहासिक अवसर खेर फालेको आरोप एमाले र ओलीमाथि थियो । यी र यस्ता अन्य थुप्रै आरोप मात्रै थिएनन् सत्य थिए । तथापि एमालेले ओलीले दाबी गरे बमोजिम नभए पनि राम्रै भोट पाएको छ ।

अधिकांश सर्वेक्षणले भन्छन–‘यसपटक पनि सबैभन्दा कम मत परिवर्तन गर्ने मतदाता एमालेकै थिए ।’ अर्थात् एमालेले यतिका समस्या, चुनौती र अप्ठ्याराका बाबजुद परम्परागत मतदाता जोगाएको छ। बलियो संगठन र पार्टी भावनाको कारणले गर्दा एमाले मतदाताले ओलीका कमजोरी र गल्तीलाई नजरअन्दाज गर्दिएका छन्।

पार्टी जोगिन्छ भने ओलीका ‘अहंकारी बात र बेला न कुबेलाका लात’ भन्ने सम्झौतापरस्त सोच एमाले पंक्तिमा प्रवल देखिएको छ । अन्यथा एमालेले यतिको सिट र भोट ल्याउनु पर्ने कुनै बलियो कारण र आधार यसपटक थिएन । एमालेको सहज अस्तित्व रक्षाको अर्को कारण प्रतिस्पर्धीको फितलो र अवैचारिक गठबन्धन हो ।

ओलीको असंवैधानिक संसद विघठनमा सर्वोच्च अदालतको फैसलासम्म मानिसको मनस्थिति एक प्रकारको थियो । जब गजेन्द्र हमाल काण्ड, सर्वोच्चमा बारको लामो आन्दोलन र प्रधानन्याधिशमाथि नाटकीय महाअभियोग आयो, संसद विघटनको मुद्दामा  सर्वोच्चको फैसलाको निष्पक्ष र विश्वासनीयता जनताको आँखामा संदिग्ध बन्यो । ओलीसंग टाढिएको जनमतले समेत फेरि सहानुभूति राख्न थाले ।

अन्तिम समयमा एमालेसँग तालमेल बनाएर जसपा अध्यक्ष उपेन्द्र यादबले ‘प्रतिगमनको ओली दाग’ १६ किलो साबुनपानीले धोई दिए । यादव आज त्यही उपकारको सजाय भोग्दैछन् । गठबन्धनमार्फत् राजनीतिक सिन्टिकेटतन्त्र चलाएको अपजस चाहिँ सत्तासिन दलले भोगे । त्यसको फाइदा पनि एमालेलाई भएको हुनु पर्दछ ।

जे होस, यसपालीको चुनावी परिणाम यस्तो आएको छ कि कुनै पनि राजनीतिक शक्ति, दल वा नेतालाई अनावश्यक दम्भ र अहंकार पाल्ने वा फुर्ती लगाउँने ठाउँ दिँदैन । सबैका शेखी आआफ्ना ढंगले झरेका छन् । शीर्ष नेता साँढे जुधाइपछि सिंङ फुस्किएका गोरु जस्ता भएका छन् । निर्वाचन परिणामले अरुलाई जस्तै ओलीलाई पनि धेरै फुर्ती लगाउने, उडन्ते गफ मार्ने र हाबादारी अनुमान छाँट्ने अनुमति दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved