यू–१९ राष्ट्रिय क्रिकेट : बागमतीले दियो गण्डकीलाई २९४ रनको लक्ष्य

नेपालभ्युज

यू–१९ राष्ट्रिय क्रिकेट : बागमतीले दियो गण्डकीलाई २९४ रनको लक्ष्य

काठमाडौं। यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमतीले गण्डकी प्रदेशलाई २९४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा बागमती ४८.१ ओभरमा अलआउट हुँँदा २९३ रन बनाएको हो।

बागमतीका लागि उत्तम मगरले ८७ र योगेश भट्टले ५२ रन बनाए। उत्तमले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

योगेशले ३९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। पाँचौं  विकेटको लागि उत्तम र योगेशले ४० बलमा ५० रनको साझेदारी गरे। ओमकार यादवले ३७ र अभिषेक कोइरालाले ३२ रन बनाए।

गण्डकीका लागि निर्तेश गिरी र सुदीप अर्यालले ३–३ विकेट लिए। सुबास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved