विश्वकप फुटबल : सोमबार ३ खेल हुँदै

नेपालभ्युज

विश्वकप फुटबल : सोमबार ३ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलमा आज सोमबार ३ खेल हुँदैछन् । कतारमा जारी विश्वकपमा सोमबार समूह ‘ए’ र ‘बी’ का खेलहरू हुँदैछन् ।

समूह ‘बी’मा इङ्ल्याण्ड र इरान नेपाली समयानुसार बेलुकी पौने ७ बजे भिड्दैछन् । इङ्ल्याण्ड र इरानबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हुँदैछ ।

समूह ‘ए’ का सेनेगल र नेदरल्याण्ड्स राति पौने १० बजे आमने-सामने हुनेछन् । सेनेगल र नेदरल्याण्ड्स अल थुमामा रंगशालामा प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘बी’ का अमेरिका र वेल्सबीच भने राति पौने १ बजे प्रतिस्पर्धा हुँदैछ । अहमद बिन अली स्टेडियममा अमेरिका र वेल्स भिड्दैछन् ।

कतारमा आयोजना भएको विश्वकपमा ३२ राष्ट्रको सहभागीता रहेको छ । सहभागी राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरिएको छ । फाइनल भने डिसेम्बर १८ मा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved