कतार विश्वकपको भव्य उद्घाटन, उद्घाटन खेल सुरू

विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को कतारमा भव्य उद्घाटन भएको छ। कतारको अल बायत स्टेडियममा केही बेरअघि एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको हो।

नेपालभ्युज

कतार विश्वकपको भव्य उद्घाटन, उद्घाटन खेल सुरू

काठमाडौं। विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को कतारमा भव्य उद्घाटन भएको छ। कतारको अल बायत स्टेडियममा केही बेरअघि एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको हो। उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए।
कतार विश्वकपको उद्घाटन खेलमा भने आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल सुरु भएको छ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ। यस विश्वकपमा कुल ६४ खेल हुनेछ। आठ रङ्गशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved