विश्वकपमा बियर बेच्न रोक लगाइएकोबारे फिफा अध्यक्षले दिए यस्तो प्रष्टिकरण

‘यदि यो नै ठुलो समस्या हो भने म राजीनामा दिएर डिसेम्बर १८ सम्म समुद्र तटमा आराम गर्छु।’ इन्फेन्तिनोले पत्रकार सम्मेलनमा भने।

नेपालभ्युज

विश्वकपमा बियर बेच्न रोक लगाइएकोबारे फिफा अध्यक्षले दिए यस्तो प्रष्टिकरण

काठमाडौं। फिफाका अध्यक्ष जियानी इन्फेन्तिनोले कतार विश्वकप रङ्गशालामा बियर बेच्न रोक लगाइएको विषयमा स्पष्टिकरण दिएका छन्। कतारमा शनिबार अयोजना भएको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फेन्तिनोले विश्वकप आयोजक र फिफाको सहमतिमा नै बियरमाथि प्रतिबन्ध गरिएको जनाएका हुन्।

फ्रान्स र इटालीको रंगशालामा बियर प्रतिबन्ध हुनुलाई सामान्य लिने तर कतारमा हुँदा प्रतिप्रश्न गरिनु व्यवहारिक नभएको इन्फेन्तिनोले बताए। ‘यदि यो नै ठुलो समस्या हो भने म राजीनामा दिएर डिसेम्बर १८ सम्म समुद्र तटमा आराम गर्छु।’ इन्फेन्तिनोले पत्रकार सम्मेलनमा भने।

उनले विश्वकपको प्रायोजक बडवाइजर अन्तिम समयमा प्रतिबन्धले अन्योलमा परे पनि यसले आयोजक र प्रायोजकको सहकार्य बलियो बनाउने दाबी गरे। फिफाले कतार विश्वकपबाट ६०० देखि ७०० मिलियन अमेरिकी डलर बढि आर्थिक आर्जन गर्ने उनले जनाए। ‘फिफाले यसपटक विगतमा भन्दा २०० मिलियन अमेरिकी डलर बराबरको मिडिया अधिकार बेचेको र सोही बराबरको प्रयोजन अधिकार बेचेको छ।’ इन्फेन्तिनाले भने।

समलिङ्गीलाई कतारमा उपस्थितिमा समस्या पर्ने विषयमा पनि धेरैले प्रश्न उठाइरहेका थिए। यद्यपि, यस्तो हल्लाको उनले खण्डन गरे।‘आयोजक कतार र म आफै पनि सबैजना यो विश्वकपमा आउनुलाई ढोका खुल्ला भएको सुनिश्चित गर्न चाहन्छु। यो बाहेक अरुले यसको विपरितमा बोल्छन् भने त्यो देशको अभिव्यक्ति हैन, फिफाको पनि होइन।’ उनले प्रस्टाए।

कतारमा समलिङ्गी सम्बन्ध अवैध छ । यस्तै, विदेशी श्रमिकको लागि कतार सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग छलफल भएको र दोहामा स्थायी मुख्यालय स्थापना हुने प्रबल सम्भावना भएको पनि इन्फेन्तिनोले दाबी गरे । उनले यस विषयलाई विश्वकपपछि  पनि सुपरिवेक्षण गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved