आईएमई पेको हवाई यात्रा अफर, भाग्यशाली विजेतालाई १ रुपैयाँमा फ्लाइट टिकट

नेपालभ्युज

आईएमई पेको हवाई यात्रा अफर, भाग्यशाली विजेतालाई १ रुपैयाँमा फ्लाइट टिकट

काठमाडौं। विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आईएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एकजना भाग्यशाली विजेताले रू.१ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू. १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
अफर कार्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved