दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप, माओवादीका नेता घाइते

नौगाड गाउँपालिकामा आइतबार दिउँसो नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा जयभान सिंह धामी सख्त घाइते भएका प्रहरीले जनाएको छ। घाइते भएका धामी सत्ता गठबन्धनका नेता हुन्। सामूहिक आक्रमणमा परेका उनको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ।

नेपालभ्युज

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप, माओवादीका नेता घाइते

काठमाडौं। दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। नौगाड गाउँपालिकामा आइतबार दिउँसो नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा जयभान सिंह धामी सख्त घाइते भएका प्रहरीले जनाएको छ।

घाइते भएका धामी सत्ता गठबन्धनका नेता हुन्। सामूहिक आक्रमणमा परेका उनको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ। जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved