माधव नेपालको पार्टी चुनावपछि खरानीको डल्लो हुन्छ : ओली

एमाले अध्यक्ष ओलीले एमाले सक्छु भन्ने माधव नेपाल मंसिर ४ पछि आफै सिद्धिने प्रतिक्रिया जनाए । नेपाल मात्रै नभई प्रचण्ड लगायतका मान्छेहरु पनि क्रमश सिद्धिँदै जाने ओलीको दाबी छ ।

नेपालभ्युज

माधव नेपालको पार्टी चुनावपछि खरानीको डल्लो हुन्छ : ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल र उनको दल नेकपा एकीकृत समाजवादी पार्टी चुनावपछि राजनीतिक रुपमा समाप्त हुने दाबी गरेका छन् ।

कैलालीको अत्तरियामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सक्छु भन्ने माधव नेपाल मंसिर ४ पछि आफै सिद्धिने प्रतिक्रिया जनाए । नेपाल मात्रै नभई प्रचण्ड लगायतका मान्छेहरु पनि क्रमश सिद्धिँदै जाने ओलीको दाबी छ ।

‘माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन्’ ओलीले भने ‘माधव नेपालको पार्टी खरानीको डल्लो हुन्छ ।’ अध्यक्ष ओलीले खरानीको डल्लोलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरे । उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी पनि गरे ।

अहिलेको गठबन्धनको सरकारले विकास निर्माण र जनताका पक्षमा काम नगरेको आरोप लगाउँदै उनले प्रचण्डलाई चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी जस्तै भएको भन्दै ब्यङगे गरे ।

दार्चुला बाट चुनावी सभा सुरु गरेका ओलीले एक हप्तापछि फेरि सुदूरपश्चिमका ३ वटा चुनावी सभालाई सम्बोधन गरेका छन् । ओली डोटी, कैलालीको अतरिया र लम्कीका सभामा पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved