प्लास्टिकको घरमा भूकम्पपीडितको वास : अहिलेसम्म पुगेन सरकारी राहत

नेपालभ्युज

प्लास्टिकको घरमा भूकम्पपीडितको वास : अहिलेसम्म पुगेन सरकारी राहत

डोटी। डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरूले तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउस (प्लास्टिकको घर) मा रात बिताउन बाध्य भएका छन् । भूकम्प पीडितहरुलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ । पटक-पटक गइरहने गरेको परकम्पनका कारण पीडितहरूमा झनै त्रास थपिँदै गएको सञ्चारकर्मीतथा भूकम्प पीडित भरत बोहराले बताए ।

उनले भने, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक-पटक गइरहने पराकम्पनले पीडितहरूमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोली हाउसमा आगोबालेर रात बिताउँन बाध्य छौँ ।’नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरूप वितरण गरे पनि पीडितहरूलाई अपुग भएका कारण उनीहरूको दैनिकी कष्टकर बन्दै गएको बताइएको छ । पीडितहरूलाई रात काट्ने मुस्किल हुने गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले एक लाख ५० हजार तथा नेकपा एमालेले दिएको एक लाख रुपैयाँ आर्थिक सहयोगका भरमा अहिले त्यहाँका पीडितहरू आफ्नो छाक टार्न बाध्य भएको भूकम्प पीडित खडकबहादुर बोहराले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved