प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपालभ्युज

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं। सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।

हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५०० र तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ थियो । यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँ तोकिएको जानकारी दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved