साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशको सामना गर्दै

नेपालभ्युज

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं। साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।

नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन। बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएका थिए। बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७-० गोलले हराउँदै सुखद सुरुआत गरेको हो। उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो।

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ। बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ। भुटान अंक विहीन रहदै पुछारमा छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved