डडेलधुरामा कर्ण मल्लको समर्थन कायमै, विज्ञप्ति निकाल्ने अधिकार अरुलाई छैन : ओली

नेपालभ्युज

डडेलधुरामा कर्ण मल्लको समर्थन कायमै,  विज्ञप्ति निकाल्ने अधिकार अरुलाई छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई दिएको समर्थन कायमै रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरको चुनावी सभालाई  संवोधन गर्दै ओलीले  यस्तो बताएका हुन्  ।

ओलीले भने,  ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर, ‘तर त्यस्तो अधिकार अरुलाई छैन ।’

तर डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ ।

एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved