बैंकहरुको चर्को ब्याजदरविरुद्ध माइतीघरमा प्रदर्शन

नेपालभ्युज

बैंकहरुको चर्को ब्याजदरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं। उद्योगी तथा व्यापारीहरूले बैंकहरूको चर्को ब्याजदरविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गरेका छन् ।

बैंकहरूले प्रिमियममा मनपरी गरेको, चर्को ब्याज असुल गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र उनी फेल्ट उत्पादक तथा निर्यात संघले संयुक्तरूपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

मुख्य ५ माग राख्दै खबरदारी गरिएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइनेगरी लगानी योग्य पुँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने माग आफ्नो रहेको उनले बताए ।

बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी-नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जालाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मानेर लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्नुपर्ने माग रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved