इमरान खानलाई गोली हान्ने व्यक्तिको बयान लिक, चौकीका सबै प्रहरी निलम्बनमा

पूर्व प्रधानमन्त्रीलाई गोली हानेको विषयलाई सामान्य जस्तो बनाएको र आक्रमणकारीको बयान लिक गराएको भन्दै पञ्जाब प्रान्तका मुख्यमन्त्री चौधरी परवेज इलाहीले सम्बन्धिक चौकीका सबैलाई निलम्बन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

नेपालभ्युज

इमरान खानलाई गोली हान्ने व्यक्तिको बयान लिक, चौकीका सबै प्रहरी निलम्बनमा

पाकिस्तान। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको आक्रमणका संदिग्धको बयान लिक भएको छ । प्रहरी चौकीमा उनले वयानका क्रममा आफूले इमरानलाई मार्नै खोजेको बताएका छन् । आफ्नो उदेश्य अरुलाई आक्रमण गर्ने नभई इमरानको नै हत्या गर्नु रहेको उनले बताएको भिडियो बाहिरिएको छ ।

संदिग्ध आक्रमणकारीको बयान बाहिरिएपछि प्रहरी चौकीका सबै प्रहरी र कर्मचारी निलम्बनमा परेका छन् ।  पूर्व प्रधानमन्त्रीलाई गोली हानेको विषयलाई सामान्य विषय जस्तो बनाएको र आक्रमणकारीको बयान लिक गराएको भन्दै पञ्जाब प्रान्तका मुख्यमन्त्री चौधरी परवेज इलाहीले सम्बन्धिक चौकीका सबैलाई निलम्बन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

पञ्जाब सरकारका अनुसार सम्बन्धित प्रहरी चौकीका अधिकारी र सबै कर्मचारीको मोबाइल फोनको फोरेन्सिक जाँच गरिनेछ। उनले पञ्जाब प्रान्तका आईजीलाई गैरजिम्मेवार अधिकारीहरू विरुद्ध कडा अनुशासनात्मक कारबाही गर्न निर्देशन दिएका छन्। परवेज इलाहीले घटनाको अनुसन्धान र कारण पत्ता लगाउन निर्देशन पनि दिएका छन्।

पञ्जावको वजिराबादमा लङ मार्चको क्रममा विहीबार पूर्व प्रधानमन्त्री इमरान खानलाई लक्षित गरेर गोली प्रहार भएको थियो  । खानको खुट्टामा गोली लागेको छ । उनि उपचाररत छन् । घटनामा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहवाज शरिफसहित मन्त्री, पूर्व प्रधानमन्त्री लगायतले निन्दा र विरोध गरेका छन् ।

पाकिस्तान तहरीक-ए-इन्साफका नेता असद उमरले गोलीबारीका लागि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र मेजर जनरल फैसल जिम्मेवार रहेको आरोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved