अमेरिकामा व्यापार घाटा बढ्यो

नेपालभ्युज

अमेरिकामा व्यापार घाटा बढ्यो

वासिङ्टन । अमेरिकी व्यापार घाटा लगातार पाँच महिनासम्म गिरावट भएपछि सेप्टेम्बरमा ब्यापार घाटा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । खाद्य र ऊर्जा निर्यातमा चिसोपन देखिएको छ भने ‘सेमीकन्डक्टर’ र उपभोग्य वस्तुजस्ता उत्पादनको आयातमा वृद्धि भएको छ ।

कम्पनीहरूले उपभोक्ताहरूको बढ्दो माग पूरा गर्न घट्दो सूचीहरू भर्न हतार गरेपनि विश्लेषकहरूले संयुक्त राज्य अमेरिकामा घरेलु माग कमजोर हुन सक्ने चेतावनी दिएका छन् । बलियो डलर र सुस्त वैश्विक वृद्धिले अमेरिकी निर्यातलाई कम गर्ने उनीहरूले बताएका छन् ।

वाणिज्य विभागको तथ्याङ्कअनुसार सेप्टेम्बरमा समग्र व्यापार घाटा बढेर ७३ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ ।

कच्चा तेल र भटमासजस्ता खाद्य पदार्थ र औद्योगिक आपूर्तिमा आएको गिरावटका कारण निर्यात २५८ अर्ब डलरमा झरेपछि यो आयात वृद्धि विश्लेषकहरूको अपेक्षाभन्दा माथि देखिएको हो ।

सेमीकन्डक्टर र सेलफोनलगायत उपभोग्य वस्तुको आपूर्तिबाट आयात बढेर ३३१.३ अर्ब डलर पुगेको छ ।

सेप्टेम्बरमा चीनसँगको अमेरिकी घाटा १.४ अर्ब डलर घटेर ३२.१ अर्ब डलरमा झरेको तथ्याङ्कले देखाएको छ ।

अमेरिकी उपभोक्ताहरूबाट बलियो माग भए तापनि बढ्दो मुद्रास्फीतिले ग्राहकहरू पछि हट्नसक्ने चिन्ता बढाएको छ । यसले गर्दा अमेरिकी फर्महरू थप सतर्क भएका छन् ।

अमेरिकी फेडरल रिजर्भले अर्थतन्त्रलाई स्थ्रि बनाउन र बढ्दो मूल्यलाई कम गर्न आक्रामक रूपमा ब्याज दरहरू बढाइरहेको छ । बुधबार लगातार चौथो पटक ब्याज दर वृद्धिको घोषणा गर्दै धेरै परिवारहरूले आफ्नो आयको ठूलो हिस्सा मुख्य सामानहरूमा खर्च गर्नुपरेको छ ।

उच्च ब्याज दरले अमेरिकी डलरलाई पनि बलियो बनाएको छ, जसले अमेरिकी सामानहरू तुलनात्मक रूपमा बढी महँगो बनाएको छ, जसले निर्यातमा असर पार्न सक्छ ।

‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’की अर्थशास्त्री रुबेला फारुकीले एक विश्लेषणमा भनेका छन्, ‘भविष्यमा व्यापार प्रवाह कमजोर हुने सम्भावना छ ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved