पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

नेपालभ्युज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथी गोली प्रहार भएको छ ।  उनको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली लागेर उनी घाइते भएका छन् ।

गुजरांवालाको अल्लाहवाला चोक नजिकै गोली प्रहार भएको हो । घटनामा एकजनाको मृत्यु भएको र ८ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खुट्टामा  गोली लागेको भनिएका खानलाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् ।

पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष समेत रहेका खानले आफू सत्ताच्युत भएपछि सरकारको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved