नेपाल यू–१७ महिला एसियन कप छनोटको समूह ‘एच’ मा

नेपालभ्युज

नेपाल यू–१७ महिला एसियन कप छनोटको समूह ‘एच’ मा

काठमाडौं। एएफसी यू–१७ महिला एसियन कप छनोटको प्रारम्भिक चरणमा नेपाल समूह ‘एच’ मा परेको छ। बिहीबार एएफसीले सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘एच’ मा परेको हो।

नेपालसँगै समूह ‘एच’ मा जोर्डन र इरान रहेका छन् । अप्रिल २२ देखि ३० सम्म सञ्चालन हुने छनोट प्रतियोगिता जोर्डनमा आयोजना हुनेछ ।

छनोटको ८ समूह विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरण सेप्टेम्बर १६ देखि २४ सम्म खेलाइनेछ ।

दोस्रो चरणका उत्कृष्ट ४ टोलीले भने इन्डोनेसियामा आयोजना हुने यू–१७ महिला एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियागिता अप्रिल ७ देखि २० सम्म सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved