च्याम्पियन्स लिगको नकआउट समीकरण पूरा : कसले स्थान बनाए, कुन क्लब बाहिरिए  ?

नेपालभ्युज

च्याम्पियन्स लिगको नकआउट समीकरण पूरा : कसले स्थान बनाए, कुन क्लब बाहिरिए  ?

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नकआउट समीकरण पूरा भएको छ । गएरातिका खेलसँगै सबै समूहबाट अन्तिम १६ मा पुग्ने क्लबको टुंगो लागेको छ ।

गएराति भएका खेलमा रियल मड्रिडले सेल्टिकलाई ५-१ गोलले हरायो । यस्तै आरबी लाइपजिगले शख्तर दोनेत्स्कलाई ४-० गोलले, चेल्सीले डाइनामो जाग्रिबलाई २-१ गोलले, एसी मिलानले आरबी साल्जवर्गलाई ४-० गोलले, म्यानचेस्टर सिटीले सेभिल्लालाई ३-१ गोलले, बेन्फिकाले माकाबी हाइफालाई ६-१ गोलले र पीएसजीले युभेन्ट्सलाई २१ गोलले हराएका छन् ।

 

समूह ए बाट नापोली र लिभरपुल नकआउट चरणमा पुगेका छन् भने अजाक्स रेञ्जर्स बाहिरिएका छन्  । समूह बी बाट पोर्टो र क्लब बुर्ग अन्तिम १६ मा पुग्दा लिभरकुसेन र एट्लेटिको मड्रिड बाहिरिएका छन् । समूह सी बाट बार्यन म्युनिख र इन्टरमिलान अन्तिम १६ मा पुग्दा बार्सिलोना र भिक्टोरिया प्लेजन बाहिरिए ।

समूह डी बाट टोटनहम र इन्ट्रयाक्च फ्रान्कफर्ट अन्तिम १६ मा पुगेका छन् भने स्पोर्टिङ् र मार्सल्ली बाहिरिए । समूह ई बाट चेल्सी र एसी मिलानले अन्तिम १६ मा स्थान बनाउँदा आरबी साल्जबर्ग र डाइनामो जाग्रिब बाहिरिएका छन् ।

यस्तै समूह एफबाट रियल मड्रिड र आरबी लाइपजिग नकआउट चरणमा पुग्दा शख्तर डोनेत्स्क र सेल्टिक बाहिरिएका छन् । समूह जी बाट म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्ड अन्तिम १६ मा पुग्दा सेभिल्ला र कोपनहेगन बाहिरिएका छन् । र समूह एचबाट बेन्फिका र पीएसजी अन्तिम १६ मा पुग्दा युभेन्ट्स र माकाबी हाइफा बाहिरिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved