मोबाइल चोरीको निहुँमा तीन जना बालकलाई निर्घात कुटियो

यद्यपी मोबाइल भने फेला परेको छैन । बालकहरुले आफूहरुले मोबाइल नचोरेको बताउँदै आएका छन् ।

मोबाइल चोरीको निहुँमा तीन जना बालकलाई निर्घात कुटियो

जनकपुरधाम । गौशाला नगरपालिकामा मोबाइल चोरीको निहुँमा तीन जना बालकलाई निर्घात कुटपिट गरि यातना दिएको घटना सार्वजनिक भएको छ।

मंगलवार गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजारमा पररिया बस्ने कैलास महतोको १२ वर्षीय छोरा मिठु महतो, प्रभु महतोको १४ वर्षीय छोरा सरोज कुमार महतो र लक्ष्मी नारायण महतोको १३ वर्षिय छोरा नितेश कुमार महतोलाई सोही ठाउँ बस्ने २५ वर्षीय कान्छा भनेर चिनिने राम दरेश महतोले निर्घात कुटपिट गरेका हुन् ।

यद्यपी मोबाइल भने फेला परेको छैन । बालकहरुले आफूहरुले मोबाइल नचोरेको बताउँदै आएका छन् ।

निर्घात कुटपिटबाट तीनै जना बालकहरु घाइते भएका छन् । घाइते बालकहरुलाई स्थानीय क्लिनिकमा उपचार गराएर थप उपचारको लागि गौशाला प्राथमिक स्वास्थ्य केन्द्र स्थित अस्पतालमा भर्ना गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले जानकारी दिए ।

प्रहरी निरिक्षक मिश्रले घटना बारे थप अनुसन्धान भईरहेको बताए । पीडित परिवारहरुले इप्रका गौशलामा कार्तिक १६ गते सामुहिक उजुरी दिएका छ्न।

उजुरीको आधारमा कुटपिट गर्ने राम दरेशलाई प्रहरीले पक्राउ गरेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved