पोखरामा पाँच लाख रुपैयाँसहित २३ जना जुवाडे पक्राउ

नेपालभ्युज

पोखरामा पाँच लाख रुपैयाँसहित २३ जना जुवाडे पक्राउ

कास्की । पोखराबाट पाँच लाख रुपैयाँ नगदसहित २३ जना जुवाडे पक्राउ परेका छन् । पोखरा  महानगरपालिका-३० शिसुवामा कौडा खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका हुन् ।

स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय शिसुवाले पक्राउ गरेको हो ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved