काठमाडौं। उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्कीको समर्थनमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी कार्कीको पद खारेज भएको थियो ।
आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएको थियो।
आयोगको उक्त निर्णयविरुद्ध कार्कीका समर्थकहरूले चुनावमा उनको उम्मेदवारी खारेज गर्न नहुने भन्दै सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । (तस्वीरहरू)

तस्वीर : सुनील महर्जन/नेपालभ्युज
Facebook Comment
Comment