नवलपरासीमा दुर्घटना : ५ जनाको मृत्यु, २५ घाइते

नेपालभ्युज

नवलपरासीमा दुर्घटना : ५ जनाको मृत्यु, २५ घाइते

काठमाडौं। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस  नवलपरासीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनमा २५ जना घाइते भएका छन्।

आज बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved