आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

नेपालभ्युज

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित
BRISBANE, AUSTRALIA - OCTOBER 17: Suryakumar Yadav of India celebrates his half century during the ICC 2022 Men's T20 World Cup Warm Up Match between Australia and India at The Gabba on October 17, 2022 in Brisbane, Australia. (Photo by Albert Perez - ICC/ICC via Getty Images)

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

सिड्नीमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।

भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन बनाए । म्याक्स ओवेड, बास डी लि र शरिज अहमदले समान १६ रन जोडे ।भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेले ।

कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेले । सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए ।यस जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ ।

भारत समूह २ को शीर्ष स्थानमा रहेको छ । दुई खेलमा हार व्यहोरेको नेदरल्यान्ड्स पुछारमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved