जुवाडेलाई समाउँदा गाली गर्ने महिलासहित ३३ जना पक्राउ

जुवाडेलाई समाउँदा गाली गर्ने महिलासहित ३३ जना पक्राउ
सांकेतिक तस्वीर

हेटौंडा। मकवानपुर प्रहरीले गए राति बागमती प्रदेशको राजधानी हेटौंडाबाट जुवा खेलिरहेका ३३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

गएराति पौने १२ बजेको समयमा हारजित हुनेगरी जुवा खेल हुदैछ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी निरीक्षकको टोलीले हेटौडा—११ नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा लुकेर जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकमसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

प्रहरीले जुवाको खालबाट कौडा १३ थान, तास १३ बुक र नगद ७३ हजार रुपैयाँ बरामद गरेको र जुवा तास खेल्ने, च्याँखे थाप्ने ३३ जना पुरुष र प्रहरीलाई अभद्र व्यवहार गर्ने एक महिलासहित जम्मा ३४ जना लाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गौतमले बताए ।

तिहारको बिदा भएकाले प्रहरीले हालसम्म मुद्दा दर्ता गर्न बाँकी रहेको छ । अदालत खुल्नेबित्तिकै मुद्दा दर्ता गरिने प्रहरी प्रशासनले बताएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन । पैसा हारजित हुनेगरी कौडा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कौडा खेलेको आरोपमा पक्राउ पर्नेहरू सबैजना पुरुष रहेका छन् । तिहार रमाइलो गरी खेलेर मनाउने नाममा पैसा हारजित हुनेगरी कौडा खेल्नेहरू भने अहिले प्रहरी खोरमा परेका छन् । यसैगरी, जुवा खेलिरहेकाहरूलाई पक्राउ गर्न पुगेको प्रहरीसमक्ष अभद्र व्यवहार गर्ने अर्की एक जना महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved