अक्टोबर २८ मा बेलायतमा ऋषि सुनकको शपथ

नेपालभ्युज

अक्टोबर २८ मा बेलायतमा ऋषि सुनकको शपथ

काठमाडौं। बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएका भारतीय मूलका बेलायती राजनीतिज्ञ ऋषि सुनकको शपथ अक्टोबर २८ मा हुने भएको छ।
सोमबार कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता चयन भएसँगै सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो। सुनकलाई चुनौती दिने पेनी मोरडन्टले आफ्नो नाम फिर्ता लिएसँगै सुनको बाटो खुलेको हो।

यसअघि पूर्व प्रधानमन्त्री बोरिस जोनसनले पनि आफ्नो नाम फिर्ता लिएका थिए।

रिपोर्टअनुसार बेलायती राजा चार्ल्स सोमबार राति नै सेंटिङंगहमबाट लन्डन फर्किएका छन्। अब लिज ट्रसले आफ्नो राजीनामा पेश गर्नेछिन् भने लगत्तै सुनक प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।

शपथ भने अक्टोबर २८ मा हुने र त्यसको भोलिपल्ट मन्त्रिपरिषद् गठन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved