एमालेले काम र योगदानका आधारमा टिकट दिएको छ : ओली

नेपालभ्युज

एमालेले काम र योगदानका आधारमा टिकट दिएको छ : ओली
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन् ।

तिहारका अवसरमा नेकपा (एमाले) ललितपुरले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने बताए । उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पारे । ‘टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन ? अरुलाई पनि त पालो दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन ।’

अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २/३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राखे ।

‘पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन’, उनले थपे, ‘अरु–अरु प्रकारका तमासा देखाउनुपर्ने ठाउँमा तमासा देखाएको छ ।’ अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved