गठबन्धनलाई भोट नहाले पाप धुरीबाट कराउँछ- प्रचण्ड

नेपालभ्युज

गठबन्धनलाई भोट नहाले पाप धुरीबाट कराउँछ- प्रचण्ड

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु अरुलाई हाल्दिनँ नभन्न सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार पोखरामा सत्ता गठबन्धनद्वारा आयोजित  कार्यक्रममा प्रचण्डले गठबन्धनका पार्टीभित्र अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो भएको बताउँदै यसो गरे पाप धुरीबाट कराउने बताए । उनले  संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै यसको लाभ पनि दलहरूले पाएको बताए ।

‘हँसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ । यसो गरे पाप धुरीबाट कराउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved